
नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहनुभएकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो । डा. प्रदीप थापा, डा. आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो । महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो ।
भारतबाट आएर क्वारेन्टाइनमा रहेको अवस्थामै बिरामी भएकाले नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ । अस्पताललाई पूर्णरूपमा स्यानिटाइज गरी बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याइने अस्पतालका सहनिर्देशक डा. नितेषकुमार कनोडियाले जानकारी दिए । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्