×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछाममा २ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित आइसोलेशनमा भर्ना

PRIME CA
GLOBAL IME BANK

अछाममा २ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित आइसोलेशनमा भर्ना

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

अछाम
  • अर्थ सरोकार सम्बाददाता 
अछाम । अछाम जिल्लामा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर २ का ३३ र ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । ३३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा तथा ३१ वर्षीय पुरुषको सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सङ्क्रमण पुष्टि भएको हो । सुर्खेतमा पठाइएको ३० जनाको स्वाबमध्ये १ जनाको पोजिटिभ आएको र बाँकेको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।
गाउँपालिकाका २ जना युवामा कोरोना अन्क्रमण पुष्टि भएसँगै प्रत्येक वडामा उच्च सर्तकता अपनाइएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो । गाउँपालिकाका जनतलाई बचाउनका लागि प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग समन्वय भइरहेकाले क्वारेन्टाइनमा बसेका प्रत्येकको पीसीआर परीक्षण गरिने बताउनु भयो । उहाँले कोरोना सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना गराइने बताउनु भयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: