
- अर्थ सरोकार सम्बाददाता
अछाम । अछाम जिल्लाबाट कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको सङ्क्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । उनी घर फर्केर ११ दिन अघिबाट दयापिलतोला माविको क्वारेन्टाइनमा रहँदै आएकी थिइन् । घर फर्केर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो ।
आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
प्रजिअ कुरुम्वाङका अनुसार ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ । ती महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्