- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अफगानिस्तानबाट १८ जना नेपालीको उद्दार गरिएको छ । संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड विमान गरी संयुक्त राष्ट्रसंघका १८ जना नेपाली कर्मचारीलाई नेपाल पुर्याएको हो । विमान काठमाडौँमा अवतरण गरिसकेको छ ।
उक्त जहाजले काठमाडौंबाट अफगानिस्तान जाने एक नेपालीलाई अफगानिस्तान लजाने भएको छ । आइतबार नै बंगलादेशको ढाकाबाट विद्यार्थीहरुलाई नेपाल ल्याइदैछ । त्यसका लागि जहाज ढाका प्रस्थान गरिसकेको छ । बंगलादेशबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउँदैछ । सरकार पछिल्लो समय कोरोनाका कारण विभिन्न स्थानमा लापत्र परेका नेपालीलाई उद्दार गरिरहेको छ ।