- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएसंगै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि सोही समयसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
असार १ गतेदेखि लकडाउन खुकुलो बनाइएको छ भने बजारहरु पनि खुलेका छन् । तर सार्वजनिक सवारी साधन चलेका छैनन् । यस्तै काठमाडौं उपत्यकामा निजी सवारी पनि जोर-विजोर प्रणाली अनुसार संचालन हुँदै आएका छन् ।