- अर्थ सरोकार सम्बाददता
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टरबाहेक सबै उडानमा रोक लगाइएको स्पष्ट पारेको छ । प्राधिकरणले शनिबार सूचना जारी गर्दै सबै प्रकारका चार्टर उडानमा रोक लगाइएको बताएको हो ।
एयर ट्रान्सपोर्ट डिभिजनका प्रमुख सचितभक्त पोखरेलले नेपालले सबै व्यवसायिक उडानमा रोक लगाएको जनाएका हुन् । उनले कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै हवाई उडानमा रोक लगाइएको जानकारी दिए । कोरोना भाइरसका कारण सरकारले गत चैत ९ गतेदेखि सबै प्रकारका अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ गतेदेखि आन्तरिक हवाई उडानमा समेत रोक लगाइएको छ ।
चार्टर उडानका नाममा मनपरी भाडा असुली हुने थालेपछि उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो । तर लकडाउन भएपछि पनि हालसम्म एक सयभन्दा बढी उडान भने भइसकेका छन् ।