×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा कार्यरत असईसहित ५ जना अख्तियारको फन्दामा, हुण्डीबाट बरामद भएको पैसा बाँडीचुडी घुस लिएको आरोप !

PRIME CA

पर्सामा कार्यरत असईसहित ५ जना अख्तियारको फन्दामा, हुण्डीबाट बरामद भएको पैसा बाँडीचुडी घुस लिएको आरोप !

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा कार्यारत एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका तत्कालिन असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, जवानद्वय अवधेश राय, राजकुमार गुरुङ र कावासोतीका सोनाम तामाङविरुद्ध मुद्धा दायर गरेको छ ।
अनुसन्धानको क्रममा उनीहरुले घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । असई तामाङ, प्रहरी हवल्दार विष्णु दयाल र लागूऔषध नियन्त्रण व्यूरो शाखा पर्साका प्रहरी जवान रायले अर्का प्रहरी जवान गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोबारीबाट बरामद भएको अवैध २० लाख रुपैयाँबाट ७ लाख एकआपसमा बाँडीचुडी घुस लिएको दाबी अख्तियारको छ ।
अख्तियारले असई तामाङ, विष्णु दयाल, राय र गुरुङलाई भ्रष्टाचार निवारण ऐन अनुसार घुस लिएको आरोपमा ७ लाख बिगो कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: