×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमरगढी नगरपालिकामा अनियमितताको जालो, तोकादेशको भरमा कार्यकर्तालाई बाँडियो करोडौँ रकम !


  • अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा आर्थिक अनियमितता भएको खुलासा भएको छ । स्थानिय तहको नियम, कानुन र कार्यविधी एकातिर तर नगरपालिकाको काम गराई अर्कोतिर हुँदा नियम विपरित रही किर्ते कागजका आधारमा कार्यकर्ताहरुलाई करोडौँ रकम बाँडफाँड गरेको भेटीएको छ । संघिय सरकारबाट निकाशा भएको बजेटमा अमरगढी नगरपालिकाले सञ्चालन गरेको बिपन्नसँग मेयर नामक कार्यक्रमको नाममा काम नै नगरी हचुवाको भरमा आन्तरिक मिलेमतो गरी एक करोड रकम हिनामिना गरेको हो । 
उक्त बिपन्नसँग मेयर कार्यक्रममा कार्यक्रमको मर्म र मापदण्ड वितरित रहेर आफ्नै कायैकर्ता पोस्ने काम भएको स्रातले बताएको छ । स्रोतका अनुसार काम नै नगरीपनि विधि र प्रक्रिया विपरित रहेर अनुदान रकम वितरण गरिएको छ । त्यस्तै नगरपालिकाका केहि व्यवसायिक कृषि उद्यमीहरुको नाममा दर्ता भएको उग्रतारा शित भण्डार प्रा.लि. लाई आर्थिक सहयोग तथा अनुदान प्रदान गरिएको छ। त्यति मात्र होइन अरु निकायले सम्पन्न गरिसकेको कामलाई आफुले गरेको भन्ने दाबी गर्दै फरक शिर्षकमा आफ्ना हितैसी कार्यकर्तालाई ३९ लाख बराबरको सम्झौता गरको स्रोतले बताएको छ ।
उक्त आर्थिक अनियमिततामा अमरगढी नगरपालिकाका नगरप्रमुखको पनि हिस्सा रहेको खुलासा भएको छ । नगरप्रमुखले उक्त कार्यक्रमको सम्झौताका लागि २०७७ असार १ गते तोकादेश दिएका थिए तर उक्त योजनाको सम्झौता भने तोकादेश दिएको एक दिन अगावै अर्थात २०७७ जेठ ३२ गते नै भएको देखिन्छ । यसरी आफ्नो एकलौटी रुपमा सार्वजनिक खरिद ऐन, आर्थिक नियमावली र स्थानिय सरकार सञ्चालन ऐन विपरित रही मनोमानी ढंग र आसेपासेको भुँडी भर्ने मनसायले नगरपालिकाले ठूलै चलखेल गरेको कुरा छ र्लङ्ग भएको छ । 
अमरगढी नगरपालिका र नगप्रमुख विश्वोशेर प्रसाद ओझाका लागि यो घटना कुनै नौलो मानिदैन । यस भन्दा अगाडीपनि लामै समय अघिदेखी विवादीत र आर्थिक अनियमितताको गन्ध पाएका ओझा पटक पटक माफीका भरमा टिक्दै आएका थिए । नगरप्रमुख ओझाले एकलौटी ढंगबाट कार्यकर्तालाई पैसा बाँढेको विषयको यतिबेला जनस्तरबाट खुलेरै विरोध हुन थालेको छ । यसअघिपनि उनले अमरगढी कार्यालय प्रमुख, सूचना अधिकारी, सम्बन्धित शाखा प्रमुख र लेखा आदि कर्मचारीलाई मिलाएर कार्यकर्तासँगको साँठगाँठमा अनियमितता गर्दै आएको नालीबेलीको खुलासा भएको थियो । यसपटक भने नगरप्रमुख ओझासँगै उनका विशेष सहयोगीको रुपमा चिनिने सञ्चारकर्मीपनि अनियमितताको शंकामा मुछिएका छन् । नगरप्रमुख मनपरी रुपमा आर्थिक चलखेल गर्दै जाने र सञ्चार माध्यमको आडमा जोगिने गरेको आरोप लागेको छ । 
आर्थिक वर्ष २०७७-०७८ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने अन्तिम समयमा आएर गार्मेन्ट,आरन, छालाजुत्ता, चप्पल उद्योग, कृषि फर्म, बोटबिरुवा नर्सरी, बाँस निगालो लगायत बाख्रा बितरण तथा फलफूल बिरुवा बितरण सहित कृषि तथा पशुपंक्षी पालन लगाएतका विषयमा चालु आर्थिक वर्ष भित्रै खर्च गर्न ३० लाख रकम अन्तिम समयमा खर्च गर्ने तयारीमा रहेको पनि खुलासा भएको छ । 
सा।रा देश कोरोना महामारीको चपेटामा परेका बेला अमरगढी नगरपालिका भने रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने ठाउँमा उल्टै भ्रष्टाचार र आर्थिक चलखेल जस्ता अक्षम्य काममा लिप्त बनेको नेपाल नागरिक समाज डडेल्धुराका कार्यबाहक अध्यक्ष तेज भट्टले बताएका छन् । “पटक पटक गल्ति गर्दापनि क्षमा र माफिका भरमा छोडेका छौँ, समय समयमा मोखिक र लिखित रुपमै पनि सुझाव दिदै आएका हौँ । यसरी अराजकता मौलाउने गरी काम गर्दै जानेलाई अब माफि दिने पक्षमा हामी छैनौं”, भट्टले भने । 
नगरप्रमुख पुर्ण रुपमा आफ्नो व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रित बनेको स्थानियले आरोप लगाएका छन् । जनताको हितका लागी काम गर्ने सपथ खाएका जनप्रतिनिधीले खुलेयाम आँखामा छारो हाल्ने र रातारत चलखेलको मेसो मिलाउने गरेको भन्दै स्थानिय आक्रोशित बनेका छन् । चालु आर्थिक वर्षको मंसिर पौषमा अख्तियारी आउनु जेठमा सम्झौता गरेका मात्र कार्यान्वयन गर्ने नीतिगत व्यवस्था भए पनि रातारात मिति सच्चाएर काम गराउएको पनि खुल्नमा आएको छ ।  
आफ्नो स्वार्थपुर्तिका लागि सरकारी पद, जिम्मेवारी र दायित्वको घाँटी निमोठ्नु लोकतान्त्रिक व्यवस्थाको मर्म विपरित भएको भन्दै जनस्तरबाट चर्को विरोध समेत भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: