काठमाडौँ । कोरोनाभाइरस महामारीको यो जटिल परिस्थितिमा भ्याक्सिन विकासलाई लिएर अमेरिका र चीनबीच अर्को तनाव सिर्जना भएको छ।
आपसमा विभिन्न मुद्दामा आरोप–प्रत्यारोपमा उल्झिरहेका अमेरिका र चीनबीच फेरि भ्याक्सिन विकासका विषयमा उत्पन्न तनावले अहिले सारा विश्वको ध्यान तानिरहेको छ। अमेरिकी सिनेटर रिक स्कटले चीनले अमेरिका र बेलायतलगायत पश्चिमी देशहरुमा भइरहेको कोरोनाविरुद्धको भ्याक्सिन विकासको काममा अवरोध गरिरहेकोआरोप लगाएका छन्। उनले भनेका छन्, ‘चीन चाहँदैन कि कोरोनाविरुद्धको भ्याक्सिन अमेरिका वा बेलायतमा पहिले विकास होस्।’
सिनेटर स्कटले यो कुराको प्रमाण उसको खुफिया समुदायबाटै प्राप्त भएको दाबी पनि गरेका छन्। यद्यपि उनले यससँग जोडिएका अन्य जानकारी पनि उपलब्ध गराएका छ्रैनन्।
यसबीच चीनले कोरोनाभाइरसको मामिलामाथि आफूमाथि लागेको आरोपबाट बच्नका लागि एउटा दस्तावेज नै तयार गरेको छ। जसमा कोरोनाभाइरसका विषयमा अमेरिकालाई गत जनवरी ४ मै सबै सूचना उपलब्ध गराइएको दाबी गरिएको छ।
चीनबाट सुरु भएको भनिएको यो भाइरसबाट अहिले विश्वका प्रायः सबै देश प्रभावित छन्। हालसम्म यो भाइरसबाट विश्वभर ७० लाख बढी संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या ४ लाखभन्दा बढी पुगेको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्