काठमाडौँ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अमेरिकाको अर्थतन्त्र आधिकारिक रुपमा मन्दीमा गएको घोषणा गरिएको छ।
अमेरिकाको नेसनल ब्युरो अफ इकोनोमिक्स रिसर्चले मंगलबार अमेरिकाको वर्तमानको संकुचन र मापन तथा गम्भीरतालाई उद्धत गर्दे यस्तो घोषणा गरेको हो। ब्युरोका अनुुसार अमेरिकामा आर्थिक मन्दी यो वर्षको फेब्रुअरी महिनादेखि नै सुरु भएको थियो। ब्युरोले कोरोना महामारीले अमेरिकाको रोजगार र आर्थिक क्रियाकलापलाई नराम्ररी प्रभावित पारेको जनाएको छ।
यसका साथै अमेरिकी इतिहासमा करिब एक दशक लामो अवधिसम्म विस्तार भएको अमरिकी अर्थतन्त्रमा समेत महामारीको प्रभावले औपचारिक अन्त्य गरेको जनाइएको छ। तथापि अमेरिकी बजारले पुनरागमन गर्ने क्रम जारी नै राखेको छ।
अमेरिकी लगानीकर्ताहरु केही आशावादी देखिएका छन्। वर्षको पहिलो तीन महिनामा अर्थतन्त्रमा ५ प्रतिशतको संकुचन देखिएपछि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने अनुमान लगाइएको थियो। रोजगारदाताहरुले भाइरसको फैलावट रोक्न आर्थिक गतिविधिमा लगाइएको प्रतिबन्ध र नियन्त्रणका कारण धेरैजसो व्यापार व्यवसाय बन्द गर्न बाध्य भएकाले मार्च र अप्रिल महिनामा करिब २ करोडभन्दा धेरैले रोजगार गुमाएको बताएका थिए।
काम गुुमाउनेको संख्या रोकिएको र अर्थतन्त्रमा पुनरागमन देखिएका कारण केही अर्थशास्त्रीहरु भने आशावादी बनेका छन्। राज्यहरु पुनः खुल्न थालेपछि मे महिनामा मात्रै अमेरिकामा करिब २५ लाख रोजगार थपिएको थियो।
निजी अनुसन्धान संस्था नेसनल ब्युरो अफ इकोनोमिक रिर्सचले अहिलेसम्मको कुल अवधिभन्दा फेब्रुअरी महिनामा देखिएको गिरावटको स्केललाई बढी महत्वपूर्ण मानेको उल्लेख गरेको छ।
ब्युरोले मन्दीलाई मूलभूत रुपमा केही महिनाभन्दा धेरै अवधिसम्म देखिएको आर्थिक संकुचनका रुपमा ब्याख्या गरेको छ। ब्युरोले सन् १९४८ यता १२ वटा मन्दीहरु घोषणा गरेको छ । यसमध्ये सबैभन्दा ठूलो आर्थिक मन्दी १८ महिनासम्म देखिएको थियो । यो मन्दी सन् २००७ डिसेम्बरदेखि सन् २००९ जुन महिनासम्म देखिएको थियो। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्