
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । काफ्लेले जागिर खाएको अवधिभर अर्थात २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्म ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीले भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा किनेका थिए । सोहि क्रममा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाई जग्गाधनीहरुबाट वास्तविक कारोबारको रकम भुक्तानी लिएको जग्गा बिक्रेताको बयान र बैंक स्टेटमेन्टबाट देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
अख्तियारले काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको जनाएको छ । अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ ।
त्यस्तै काफ्ले र उनकी पत्नी सुशीलाको नाममा रहेको चल अचल सम्पत्ति र त्यसले बढे बढाएको सम्पत्तिको ब्याजसमेत अुसल गर्न माग गर्नुका साथै उनीकी पत्नीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्