×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति, लागु औषध कारोबारमा थिए संलग्न !

LAXMI SUNRISE BANK

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति, लागु औषध कारोबारमा थिए संलग्न !

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।
प्रक्राउ परेका शाहीको बयान र उनको संलग्नताबारे विस्तृत रुपमा अनुसन्धान हुनेछ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालले बताए । अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ । प्रहरीले उनीहरुको साथबाट ६६७ थान डाइलेक्स बोतल, १ हजार १ सय ८६ ट्याब्लेट, स्मो प्रोक्सिभोन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी