
- अर्थ सरोकार सम्बाददाता
बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्यु भएको हो ।
उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । महाराष्ट्र कोरोनाबाट प्रभावित प्रदेश हो । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिएका हुन् । उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्