काठमाडौँ । अरमानियाका प्रधानमन्त्री निकोल पासिनियनमा नोभल कोरोना भाइरस पोजेटिभ देखिएको छ। अर्मेनियाका प्रधानमन्त्री पासिनियनसहित उनको परिवार सबै सदस्यलाई कोरोनाभाइरस संक्रमित भएका छन्।
पासिनियनले सोमबार फेसबुक पोस्टमा आफूलाई कुनै लक्षण नै नभएको र उनले सैन्य इकाइहरुको भ्रमणमा जानुभन्दा पहिले आफ्नो जाँच गराउने फैसला गरेको र रिपोर्ट पोजिटिभ आएको लेखेका छन् । प्रधानमन्त्री भन्छन्, ‘म घरबाटै काम गर्नेछु।’
पासिनियनले सम्भवतः संक्रमण एक वेटरबाट भएको जिकिर गर्दै एक बैठकका क्रम ग्लोभ्स बिना उसले एक गिलास पानी लिएर आएको र त्यसपछि कोरोनाभाइरस संक्रमित भएको दाबी गरे। लगभग ३० लाख आवादी भएको अर्मेनियामा कोरोनाभाइरसबाट हालसम्म ९ हजारभन्दा धेरै संक्रमित भइसकेको र लगभग १३० जनाको मृत्यु भइसकेको छ।
अर्मेनियाले मार्च महिनाको मध्यतिर आपतकालीन घोषणा गरेको थियो। पासिनियनले पछिल्लो साता भनेका थिए, अर्मेनियामा विषाणुु संक्रमणको स्थिति खराब हुुँदै गइरहेको छ। उनको परिवारका सदस्यहरुको पनि रिपार्ट पोजिटिभ आएको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्