×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७७ स्वीकृत (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७७ स्वीकृत (भिडियो रिपोर्ट)

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्ताव गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि बहुमतले स्वीकृत गरेको हो । सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले मुलुकको सन्तुलित विकासको लागि कुनै खास क्षेत्रलाई मात्रै चलायमान गराएर नहुने बताए । उनले समग्रतामा सबै क्षेत्रलाई एकसाथ अगाडि बढाउँदै लैजानुपर्ने बताए ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचार सरकारको पहिलो प्राथमिकता भएको र आर्थिक क्रियाकलापलाई दोस्रो प्राथमिकतामा राखेर बजेट ल्याइएको अर्थमन्त्री खतिवडाले स्पष्ट परे । ‘कोरोनाको रोकथाम, नियन्त्रण, उपचार हाम्रो पहिलो प्राथमिकता हो । जीवन रक्षा गर्नु पहिलो प्राथमिकता हो । जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई सामान्य गतिमा फर्काउने दोस्रो जिम्मेवारी हो । त्यो क्रममा राहत, पुनरउत्थान, राजेगारीका कुराहरु त्यसै भित्र पर्छन । त्यहि बाटोमा त्यहि क्षेत्रहरुमा मात्रै बजेट वृद्धि गरिएको छ । अरु बाँकी सबै क्षेत्रमा बजेट कटौति गरिएको छ । अंकले नै त्यो बताइ सकेका छन् ।’ उनले भने ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने सांसदहरुले बताएपछि अर्थमन्त्री खतिवडाले कसैले पनि कोरोना भाइरसको महामारीलाई अवसरको रुपमा लिन नहुने बताए  । उनले कोरोना रोकथामका लागि भएको खर्च विवरण पारदर्शी रुपमा सरकारले सार्वजनिक गर्ने समेत बताए । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७७मा विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले जवाफ दिनका लागि असार १ देखि ४ गते सम्मको समय तोकिएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी