×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुनैपनि बेला अर्थतन्त्रमा गम्भीर संकट आउनसक्‍छ’ : अर्थ समिति (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘कुनैपनि बेला अर्थतन्त्रमा गम्भीर संकट आउनसक्‍छ’ : अर्थ समिति (भिडियो रिपोर्ट)

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको बताएका हुन् । यस्तै कुनैपनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणि गरेका छन् । 
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध विग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको बताउनुभयो । उहाँले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्न समेत सरकार असफल बनेको टिप्पणि गर्नुभयो । उहाँले कोभिडका कारण परेको असरलाई कमगर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थसमितिले गम्भिर छलफल गर्नुपर्ने बताउनुभयो ।
सांसद रामकुमारी झाक्री
सांसद रामकुमारी झाक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइराखेको बताउनुभयो । उहाँले खानेपानीका कार्यक्रमहरु सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले उक्त मन्त्रालय काम नलाग्ने बताउनुभयो । यस्तै बजेट विनियोजनमा पनि सरकारले सांसदहरुलाई ब्यल्याक मेलिङ गरेको बताउनुभयो । उहाँले मन्त्रालयहरुले बजेटमा विरोध अुन नदिन सांसदहरुको माग अनुसार सानो सानो आयोजनालाई समावेस गरेर बजेट विनियोजन गरिएको टिप्पणि गर्नुभयो । यस्तै सरकारले नै करदातालाई अदालतसम्म पुग्ने अवस्था सिर्जना गरेकाले कर उठने वातावरण समेत विग्रिएको उहाँले बताउनुभयो । कर नउठने भएपछि सरकारको खर्च र आम्दानीबीच असन्तुलन देखा परेको सांसद झाक्रीले बताउनुभयो ।
सांसद श्यामकुमार श्रेष्ठ
सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै रुप र रङको पूँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्नदिनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंमा रहेका घरहरुको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद जयकुमार राई
सांसद जयकुमार राईले अहिले सम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेकोले अवदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दवाव दिनुपर्ने बताउनुभयो । सांसदहरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दिर्घकालिन असर पर्नेतर्फ अहिले नै ध्यानदिनुपर्नेमा जोड दिएका छन् । सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यहि अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: