
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – अर्थमन्त्री युवराज खतिवडाविरुद्ध व्यावसायीहरु सडकमा उत्रिएका छन् । मन्त्रीले लिएको कर नीतिविरुद्ध नेकपाका विरगञ्ज महानगरपालिका कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा व्यवसायीहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् ।
घण्टाघरमा गरिएको अर्धनग्न प्रदर्शनमा वीरगञ्जका युवा व्यापारीले साथ दिएका थिए । शुरुमा सम्पूर्ण कर मिनाहा गर, व्यापारी मार्न पाईदैन, चुलो निभेको छ, जनता भोका छन्, कर तिर्न सक्दैनौं, लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले पछि कपडासमेत खोलेर अर्धनग्न बनेर प्रदर्शन गरेका थिए ।
श्रमजीवी, व्यापारीसँग बाँकी लगाएको कपडा मात्रै हो त्यो पनि लिनुस् भनेर फुकालेर दिएको उनी बताउँछन् । ‘लकडाउनका कारण श्रमजीवि, जनता र व्यापारीसँग कर तिर्ने पैसा त छँदै छैन । भएको एक जोर लगाएको कपडा हो’ उनले भने ‘लगाउने कपडा मात्रै बाँकी रहेकोले करको रुपमा त्यही कपडा दिएर सांकेतिक विरोध जनाइएको युवा नेता अन्सारीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्