×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आगामी आर्थिक वर्षमा देशभरी नै फोर जी सेवा विस्तार हुन्छ’ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘आगामी आर्थिक वर्षमा देशभरी नै फोर जी सेवा विस्तार हुन्छ’ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । अर्थ-सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसदहरुलाई वितरण नगरिएको बताउनुभयो । निर्वाचन क्षेत्रको समानुपातिक विकासका लागि रकम विनियोजन गर्दै उहाँले भन्नुभयो, ‘पैसा बाँडिएको छैन् स्थानीय तहको पूर्वाधार विकास गर्नलाई सांसदहरुको भूमिका रहोस भनेर गरिएको हो । निर्वाचन क्षेत्रका लागि दिइएको रकम हो कुनै सांसदलाइ दिएको होइन । समानुपातिक ढंगले पाउने बजेट मध्ये यो पनि पर्छ ।’’

उहाँले आगामी आर्थिक वर्षमा देशभरी नै फोर जी सेवा विस्तार हुने बताउनुभयो । २ वर्षभित्र देशका सबै क्षेत्रमा इन्टरनेट सेवा विस्तारगर्ने गरी काम सुरु भएको उहाँले बताउनुभयो । सञ्चार माध्यमलाई कारोबारको आधारमा लाग्ने शूल्क ५० प्रतिशतले घटाएको, दर्ता नविकरणको समय बढाएको र कोरोना विमा गर्न खुला गरी राहत दिएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: