×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधिसभा बैठक : राष्ट्र ऋण उठाउने विधेयक २०७७ पारित (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

प्रतिनिधिसभा बैठक : राष्ट्र ऋण उठाउने विधेयक २०७७ पारित (भिडियो रिपोर्ट)

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको ‘राष्ट्रऋण उठाउने विधेयक २०७७’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जवसम्म कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी राजश्व उठ्दैन तबसम्म ऋणमा भरपर्नुपर्ने अवस्था रहेको बताए ।
उनले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनै पर्ने बताए । उनले कोरोनाको संक्रमण जोखिमको अवस्थाबाट आर्थिक गतिविधि समान्य अवस्थामा फर्किन नसकेको अवस्थामा सरकारले नै सक्रिय रुपमा बजारलाई चलायमान नबनाउने र आर्थिक क्रियाकलाप नबढाउने हो भने कठिन हुने बताए । उनले निजी क्षेत्रले धेरै आर्थिक क्रियाकलाप गरी समान्य अवस्था भन्दा माथि पुग्यो भने धेरै राजश्व उठने र अनुमान गरेजति ऋण उठाउनु नपर्ने बताए । 
उनले आन्तरिक ऋणलाई पहिलोपटक कुन क्षेत्रमा खर्चगर्ने स्पस्ट गरेर मात्र उठाउने गरी व्यवस्था गरिएको बताए । ‘पहिलो चोटि हामी बजेट कहाँकहाँ विनियोजन गर्दै छौं आन्तरिक ऋण भनेर पहिलो चोटि हामीले पारदर्शि ढंगले र कसरी खर्च गर्दैछौं भनेर आयव्यको विवरणमा प्रस्टरुपमा स्रोतमा लेखेका पनि लेखेका छौं ’ उनले भने । 
अन्तरिक ऋण उठाएको रकम फजुल खर्च वा अनावस्यक खर्चमा विनियोजन भए प्रश्न उठाउन आग्रह गरे । ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउँमा मात्रै ऋण रकमको उपयोग गर्ने प्रतिवद्धता अर्थमन्त्री खतिवडाले जनाए।
छलफलमा सांसदहरुले देशको सञ्चालन खर्च समेत ऋण उठाएर गर्न नहुने भन्दै संशोधनको प्रस्ताव राखेका थिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । सांसदहरुले सरकारले लिने ऋण कोभिडबाट असर परेको अर्थतन्त्र र कृषि उत्पादन बढाउने आयोजनामा मात्रै खर्च गर्नुपर्नेमा जोड दिएका छन् । ऋणको दुरुपयोग भएकाले उत्पादन नबढेको भन्दै सांसदहरुले ऋणको व्यवस्थापनमा सरकार अनुसाशित भएर काम गर्नुपर्ने बताए । (हेर्नुहोस् भिडियो)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी