काठमाडौँ । असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।
यस्तै बिहिबारदेखि निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालनमा आउने भएको छ व्यापारीहरुले लकडाउन गरेपछि यस्तो प्रस्ताव बैठकमा पुगेको थियो ।
साथै यस वर्षको एसईई परिक्षा नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । अव आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुनेछ । अर्थात स्कुलले जति नम्बर दिएर पठायो, सोहि अनुसारको मार्कशिट आउनेछ ।