
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बिहिबार मध्यरातमा काठमाडौँका विभिन्न स्थानहरुमा एटिएम तोडफोड भएको छ । राष्ट्रिय बाणिज्य बैंकको लाजिम्पाट अगाडीको बुथ, एनआइसी एशिया बैंकको नयाँबजारस्थित बुथ र माछापुच्छ्रे बैंकको नयाँ बसपार्कस्थित बुथमा एटिएममाथि तोडफोड भएको हो । यी सबै संवेदनशील ठाउँका रुपमा चिनिने गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैंकको तोडफोड भएको बुथ प्रहरीको तालिम केन्द्र र सीआइबीको कार्यालय अगाडी छ । नजिकै राष्ट्रपति कार्यालय पनि भएकाले यो ठाउँ निकै संवेदनशील ठाउँ हो । एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड भएको ठाउँ पनि निकै संवेदनशील ठाउँ मानिन्छ । यो एरियामा विभिन्न देशका दुताबासहरुसमेत रहेकाले सुरक्षाका दृष्टिकोणले यो निकै संवेदनशील एरिया हो । नयाँ बसपार्क पनि सुरक्षाका दृष्टिकोणले संवेदनशील नै एरिया हो । तर यी तीनै ठाउँमा एकैरात एटिएम बुथ तोडफोड भएको छ ।
घटनाका बारे थप अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताएका छन् । ‘पैसा चोरिएको छैन । चोर्ने प्रयास मात्र भएको हो । एटिएम बुथहरुमा केहि क्षति भएको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्