Skip to content
LAXMI SUNRISE BANK

तीन दशकयता पहिलो पटक मन्दीको सामना गर्दै अष्ट्रेलिया

अर्थ सरोकार

सिड्नी। कोरोना महामारीका कारण विगत २९ वर्षपछि पहिलोपटक अस्ट्रेलियामा आर्थिक मन्दी देखिने भएको छ।
आधिकारिक आँकडाअनुुसार यो वर्षको पहिलो तीन महिनामा अस्ट्रेलियाको अर्थतन्त्रमा ०.३ प्रतिशतको संकुुचन देखिएको थियो। अर्थशास्त्रीहरुले वर्तमान त्रैमासको उपलब्ध आँकडाका आधारमा अस्ट्रेलियामा आर्थिक मन्दी देखिने आकलन गरेका छन्। 
सरकार र केन्द्रीय बैंकले अर्थतन्त्रलाई सहायता प्रदान गर्न गरेका प्रयासहरुका बाबजुुत पनि अस्ट्रेलियामा आर्थिक मन्दी देखिने अर्थशास्त्रीहरुले बताएका छन्। कोरोना महामारीपूर्व अस्ट्रेलियामा लागेको डढेलोले त्यहाको पर्यटन उद्योग र घरेलुु माग प्रभावित बनेको थियो। 
मार्च महिनामा अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलियाले आफ्नो मुुख्य ब्याज दरमा ०.२५ प्रतिशत कटौती गरेको थियो। यसका साथै केन्द्रीय बैंकले असीमित बोन्ड खरिद कार्यक्रम पनि लन्च गरेको थियो। – एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK