×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स, दोस्रो उडान कहिले हुन्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स, दोस्रो उडान कहिले हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अष्ट्रेलियामा कोरोनाका कारण अलपत्र परेका २५९ जना नेपालीहरुहरुलाई लिएर नेपाल एयरलाइन्सको जहाज आज (मंगलबार) काठमाडौं प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज स्थानीय समय अनुसार साढे ३ बजे काठमाडौंका लागि प्रस्थान गरेको हो ।
उक्त विमानमार्फत पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाइएको दूतावासका अधिकारीहरुले बताएका छन् । जसमा नेपाल आउनका लागि १३ सय जनाले फाराम भरेका थिए । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया गएका अभिभावक र केही पर्यटकहरु उक्त विमानमा एका छन् । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं पठाइएको छ । 
उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यात्रुहरुले २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा तिरेका छन् । अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: