×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली बैंकर बनेर दुई नेपालीले अष्ट्रेलियनलाई ठगे, यी हुन् अष्ट्रेलियामा नेपालकै बेइज्जत गर्ने धुन्दुकारीहरु…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नक्कली बैंकर बनेर दुई नेपालीले अष्ट्रेलियनलाई ठगे, यी हुन् अष्ट्रेलियामा नेपालकै बेइज्जत गर्ने धुन्दुकारीहरु…

Artha Sarokar

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ठगीको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई छन्। 
समाचारमा जनाइएअनुसार ती वृद्धालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै फोन आयो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।  तीन हजार डलर पैसा पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी