×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले आज अष्ट्रेलियामा अलपत्र परेका नेपालीलाई उद्दार गर्दै, भोलि यूएईका थप नेपाली पनि आउने !

PRIME CA
GLOBAL IME BANK

सरकारले आज अष्ट्रेलियामा अलपत्र परेका नेपालीलाई उद्दार गर्दै, भोलि यूएईका थप नेपाली पनि आउने !

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आज अष्ट्रेलियामा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने भएको छ । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक नेपाल पुग्ने भएका हुन् । उनीहरु नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन् ।

त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने बताइएको छ ।

यस्तै बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतले जनाएको छ । दूतावासको सूची अनुसार बुधबार ३ सयदेखि ४ सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ । नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

सरकारले यसघि यूएईमा अलपत्र १६९ जना र म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: