×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर रकम बुझाउने समय अशोज मसान्तसम्म थप गरियोस्’ : अटोमोवाइल व्यवसायी

LAXMI SUNRISE BANK

‘कर रकम बुझाउने समय अशोज मसान्तसम्म थप गरियोस्’ : अटोमोवाइल व्यवसायी

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दे उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेको सम्बन्धमा नाडाले आफ्नो विशेष ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै समग्र अटोमोवाइल व्यवसायीहरुले जायज र न्यायोचित मागलाई सम्बोधन गर्नेगरी आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल अशोज मसान्तसम्म थपगरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि सरकारसँग अपिल गरेको छ ।
देशको यस्तो जटिल अवस्थामा अटोमोवाइल व्यवसायमा संलग्न देशका सवै व्यवसायीहरुले समेत यसको विरोध जनाइरहेका छन् । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएको मौखिक रुपमा जानकारी दिँदै असमर्थता व्यक्त गर्दे आएका छन् । 
विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम जनताको स्वास्थ्य रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र यो २०७७ साल जेठ ३२ गतेसम्म विस्तार गरेको छ । यो अवस्थामा सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द प्राय रहेको अवस्थामा यसरी समय तोक्नाले सम्पूर्ण व्यवसायी मारमा परेको नाडाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी