×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ४० पुग्यो

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । बागलुङमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार बिहान जिल्लाको पश्चिम निसीखोलाका तीन जना र बरेङ गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदविन्दु शर्माले जानकारी दिए । 
यो सँगै बागलुङमा कुल कोरोना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित हुनेहरु सबै भारतबाट आएका हुन् । शुरुमा संक्रमित भएका बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् भने १९ जनाको धौलागिरी अस्पतालको आइशोलेसन कक्षमा उपचार भइरहेको छ । २४ बेडको आइसोलेसन रहेको धौलागिरी अस्पतालले नथेग्ने भएपछि धौलागिरी क्याम्पसमा प्रि–आइसोलेसन तयार गरेर बडिगाडका ९ जनालाई राखिएको छ । त्यसैगरी ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनालाई राखिएको छ । 
नयाँ संक्रमण पुष्टि भएका बरेङ गाउँपालिकाका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्याम्पसको प्रि आइसोलेसनमा ल्याउने र निसीखोलाका ३ जनालाई ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राख्ने गरी समन्वय भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: