×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक, स्थानीय उत्पादनलाई प्राथमिकता दिइने, बिक्री गर्ने समयावधि बढाइयो !

PRIME CA

बागलुङमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक, स्थानीय उत्पादनलाई प्राथमिकता दिइने, बिक्री गर्ने समयावधि बढाइयो !

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । बागलुङ स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो ।
कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो । व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो । जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।  
बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ । बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ । बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: