×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा कोरोना संक्रमितको संख्या ६ पुग्यो !

PRIME CA
GLOBAL IME BANK

बैतडीमा कोरोना संक्रमितको संख्या ६ पुग्यो !

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीमा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । पाटन नगरपालिका ८ का ३४ वर्षीय पुरुषमा सोमवार कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवामा रहेका शिवनाथ गाउँपालिकाका एक पुरुषमा जेठ ९ गते र भारतबाट फर्केका शिवनाथ गाउँपालिकाकै ४ जनामा सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा जेठ १० गते कोरोना पुष्टि भएको थियो । 
सोमवार संक्रमण पुष्टि भएका पाटनका व्यक्ति जेठ ८ गते भारतको मुम्बइबाट नेपाल आएको बताइएको छ । गौरीफन्टा नाका हुँदै स्वदेश आएका ती पुरुष ८ गते राति घरमा गएका र ९ गते मात्रै क्वारेन्टाइनमा ल्याइएको थियो । उक्त व्यक्तिमा ज्वरो आउने, घाँटी दुख्ने लक्षण देखिएका कारण जेठ १५ गते स्वाब संकलन गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको थियो । सोमवार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको  हो । बैतडीमा भारतबाट आएका ५ हजार ३८६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: