- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकास्थित एउटा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको सोमबार साँझ मृत्युभएको छ। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविमा रहेको क्वारेन्टाइनमा बसेकी युवतीको मेत्युभएको हो। उनी सोही स्थानीय हुन् ।
ती युवती केही दिनअघि मात्रै भारतबाट आएकी थिइन्। ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले जानकारी दिए । युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको भट्टले जानकारी दिए । स्वाब रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले जानकारी दिए ।