×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमित बढेपछि बैतडीको दशरथचन्द नगरपालिका असार १६ सम्म सिल, बैंक तथा वित्तीय संस्थाका लागि यस्तो छ व्यवस्था !

PRIME CA

संक्रमित बढेपछि बैतडीको दशरथचन्द नगरपालिका असार १६ सम्म सिल, बैंक तथा वित्तीय संस्थाका लागि यस्तो छ व्यवस्था !

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ गतेसम्म सिल गर्ने निर्णय भएको छ । नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले बताए । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्ने जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको छ । सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने सूचनामा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिनेछ । दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: