×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमा मृत्यु भएका युवककाे कोरोना परीक्षणको रिपोर्ट नआउँदै दाहसंस्कार

PRIME CA
GLOBAL IME BANK

क्वारेन्टाइनमा मृत्यु भएका युवककाे कोरोना परीक्षणको रिपोर्ट नआउँदै दाहसंस्कार

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैतडी
बैतडी । बैतडीस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ । शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्तले दाहसंस्कार गरेका छन् ।
दाहसंस्कारमा सहभागी मलामी ६ जना रहेको र उनीहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालय बैतडीले जनाएको छ। मृतकको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइए पनि रिपोर्ट भने आएको छैन् । गत जेठ २३ गते भारतबाट नेपाल आएका उनको क्वारेन्टाइन पुगेकै दिन मृत्यु भएको हो । यसअधि डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकाको वडा नम्बर एकमा रहेको क्वारेन्टाइनमा ज्यान गुमाएकी महिलाको समेत कोरोना परिक्षण नहुँदै दाहसंस्कार गरिएको थियो ।
त्यस्तै, भारतबाट आएर बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टिनमा रहेक एक जनाको मृत्यु भएको थियो । उनको समेत कोरोना परिक्षण नहुँदै दाहसंस्कार गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: