- अर्थ सरोकार सम्बाददाता
बैतडी । जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ २० गते जिल्ला अस्पतालमा सुत्केरी भएकी महिलामा एक्कासी ज्वरो बढेपछि कोरोना आशंकामा थ्रोट स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो ।
दोगडाकेदार ६ सित्तड घर भएकी १९ वर्षीय सुत्केरीलाई १०४।५ डिग्री फरेनहाइट ज्वरो आएपछि थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । यही जेठ २२ गते कोरोना परीक्षणका लागि स्वाब पठाएकोमा शनिबार कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले बताए ।
सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी पनि काम फर्केका छन् । सुत्केरी महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि उपचारमा संलग्न १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी काममा फर्केको डा. जोशीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्