×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा चार दिने शिशुसहित २७ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूरपश्चिममा चार दिने शिशुसहित २७ जनामा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशमा चार दिने शिशुसहित थप २७ जनामा कोरोना संक्रमण देखिएको हो । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनको शिशुसहित नौ जना पुरुष र आठ जना महिला तथा त्रिवेणी नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको हो । योसँगै बाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । यसअघि बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
यस्तै कैलालीमा सात, बझाङमा दुई जनामा पनि कोरोना संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिममा संक्रमिटको संख्या एक सय ९१ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी