×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाजुराको क्वारेन्टाइनमा पाँच वर्षमुनिका ४ सय ७२ बालबालिका, सबै भारतबाट आएका

PRIME CA
GLOBAL IME BANK

बाजुराको क्वारेन्टाइनमा पाँच वर्षमुनिका ४ सय ७२ बालबालिका, सबै भारतबाट आएका

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

बाजुरा । बाजुराको नौवटै स्थानीय तहले निर्माण गरेका  क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४ सय ७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् ।

ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।

बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २ सय ७६, गौमुल गाउँपालिकामा ३ सय ४०, खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५ जना बूढीगङ्गा नगरपालिकामा १ हजार २ सय ७८ र त्रिवेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन् ।
त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८०, जगन्नाथ गाउँपालिकामा ३ सय १८, बूढीनन्दा नगरपालिकामा ३ सय २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ मध्ये ४ हजार ४ सय १६ भारतबाट आएका छन् ।
४ सय ६७ को स्वाब सङ्कलन
बाजुराका नौवटै स्थानीय तहका  क्वारेन्टाइनमा बसेका ४ सय ६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको  क्वारेन्टाइनमा बसेका शङ्कास्पद ४ सय ६७ जनाको स्वाब सङ्कलन गरिएको हो ।
स्वाब सङ्कलन गरिएकामध्ये १ सय ५ महिला र ३ सय ६२ पुरुष गरी ४ सय ६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा दुई जना आइसोलेसन श्यया छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन् । प्राप्त २ सय ५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ । हालसम्म १ हजार ९ सय ६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ । जसमा ४ सय ७ महिला र १ हजार ५ सय ६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १ सय ६७ श्ययाको आइसोलेसन कक्ष बनाएका छन् । जिल्ला अस्पताल बाजुरामा १२ श्ययाको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १ सय ६७ श्ययाका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: