×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाजुरामा पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाजुरामा पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट

Artha Sarokar

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाजुरा
  • अर्थ सरोकार सम्बाददाता 
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले कोरोनाको पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
मेसीन किनेर जिल्ला अस्पताल बाजुरासँग समन्वय गरेर अस्पताललाइ सहयोग गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको कुरा नगरपालिकाका मेयर दिपकविक्रम शाहले जानकारी दिनुभयो । 
बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछामस्थित बयालगडा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको मेयर शाहले बताउनुभयो । यस्तै कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय भएको छ । यस्तै आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।
नगरपालिका भित्रका सबै क्वरेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्थासहितको क्वरेन्टीनका रुपमा सञ्चालन गर्ने र टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी