×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियामा स्वाथ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टी, गाउँ र कार्यालय पूर्णरुपले बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बर्दियामा स्वाथ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टी, गाउँ र कार्यालय पूर्णरुपले बन्द

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादादता 
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्णरुपले बन्द गरिएको छ । संक्रमित बाँसगढी नगरपालिका –७ डेउढाकलामा रहेको स्वास्थ्यचौकीका ल्याब असिस्टेण्ट हुन् । 
संक्रमितको परिवारका सदस्यको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीनसम्मका लागि पूर्णरुपले बन्द गरिएको छ । संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ । दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्णरुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए । संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताए । यस्तै प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्णरुपले बन्द गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी