
- अर्थ सरोकार सम्बाददाता
काभ्रेपलाञ्चोक । जुवा खेल्दै गरेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । बनेपा नगरपालिका–६ मा रहेको पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई आइतबार सार्वजनिक गरेको हो ।
उनिहरुका साथबाट छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरिएको बताए ।
नगद, चार थान तासबुक तथा एक थान तन्दासहित पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनाएको छ । साथै उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्