×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दाबन्दीमै पाए बागलुङका २१४ जनाले रोजगारी, काम पाउँदा कामदारहरु हर्षित !

PRIME CA
GLOBAL IME BANK

बन्दाबन्दीमै पाए बागलुङका २१४ जनाले रोजगारी, काम पाउँदा कामदारहरु हर्षित !

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बागलुङ । बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो । 
सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो । “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भन्नुभयो “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ ।” 
राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो । नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन् । अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ । बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् । 
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त रु ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ ।  -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: