
प्युठान । बन्दाबन्दीले प्युठानका काठ तथा फर्निचर व्यवसायी प्रभावित भएका छन् । यहाँका फर्निचर व्यवसायीले गत माघ महिनादेखि व्यवसाय सञ्चालन गरेका छैनन् । फर्निचर व्यवसायी जिल्लाका भए पनि कामदार जिल्ला बाहिर कपिलवस्तु, सिरहा, पर्साका छन् । जिल्लाका नौ स्थानीय तहमा करीब सय फर्निचर व्यवसायी छन् । काठ तथा फर्निचर व्यवसायी संघमा आबद्ध ५५ व्यवसायी रहेको जनाइएको छ ।
प्युठान नगरपालिका वडा नं ४ बिजुवारमा मेघा फर्निचर व्यवसायी सञ्चालन गर्दै आउनुभएका सूर्यचन्द्र खनालले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिए पनि बन्दाबन्दीका कारण व्यवसाय नचल्दा ऋण तिर्नका लागि समस्या परेको बताउनुभयो । बैंकले साहु तथा ब्याज पैसा तिर्नका लागि ताकेता गर्दासमेत तिर्न नसकिरहेको उहाँको भनाइ छ । जिल्लाका व्यवसायीले ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका अवस्थामा लकडाउनका कारण ऋण तिर्नाका साथै परिवार पाल्नका लागिसमेत समस्या परिरहेको उहाँले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा बिक्रीवितरणका लागि काटिएका काठसमेत अन्य जिल्लाका व्यवसायीले लैजान नपाएको अवस्था छ । दश लाख क्युफिट काठ खोलाका किनार र विभिन्न जंगलमा रहेकाले काठ काटेर राखिएको छ । काठ तथा फर्निचर व्यवसायी संघ प्युठानका अध्यक्ष यज्ञबहादुर केसीले भन्नुभयो, ‘अब वर्षायाम शुरु भएसँगै काठ कुहिएर जान्छन् ।’ व्यवसाय सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाले ब्याज मिनाहा भएमा केही थप सहज हुने उहाँको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्