×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको अनुरोध मंगलबार टेरेको प्रहरीले बुधबार टेरेन, ठाउँ-ठाउँमा बैंकका कर्मचारी समातिए !

PRIME CA

राष्ट्र बैंकको अनुरोध मंगलबार टेरेको प्रहरीले बुधबार टेरेन, ठाउँ-ठाउँमा बैंकका कर्मचारी समातिए !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुधबार बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई प्रहरीले विभिन्न ठाउँमा रोकेको पाइएको छ । आवद्ध कार्यालयको परिचयपत्रले मात्र नहुने भन्दै प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विभिन्न ठाउँमा रोकेको हो । कतिपय ठाउँमा कर्मचारीलाई यसरी रोकेर राखिएको छ भने कतिपय ठाउँमा कार्यालयको परिचयपत्र मात्र देखाएर कार्यालय जान दिइएको छ ।
यसो त नेपाल राष्ट्र बैंकले नै प्रहरीसँग सहमती गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय आउन जानका लागि अरु पासको आवस्यकता नपर्ने गरी कार्यालयको परिचयपत्र देखाएर हुने व्यवस्था गरेको थियो । सोही अनुसार पछिल्लो २ दिनदेखि परिचयपत्र बोकेर हिँड्ने कर्मचारीहरुलाई पनि प्रहरीले छाड्न थालेको थियो । तर सो व्यवस्थालाई प्रहरीले बुधबारदेखि अटेर गरिरहेका छन् ।
भक्तपुर, कोटेश्वर, बानेश्वर, थापाथली, कुपन्डोललगायतका स्थानमा खटिएका प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालयको परिचयपत्र हेरेर छोडिरहेका छन् भने सोह्रखुट्टे, न्युरोडलगायतका स्थानमा खटिएका प्रहरीहरुले भने कार्यालयको परिचयपत्रले मात्र नहुने भन्दै रोकाएका छन् । यसरी राष्ट्र बैंक र प्रहरीबीच भएको सहमति स्पष्ट नहुँदा विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी अलपत्र परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: