×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पास नचाहिने, कार्यालयको परिचयपत्र देखाए पुग्ने !

PRIME CA

अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पास नचाहिने, कार्यालयको परिचयपत्र देखाए पुग्ने !

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय जान लागि पास नचाहिने भएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर यस्तो व्यवस्था गरेको हो । सोही अनुसार अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आफु कार्यरत संस्थाको परिचयपत्र देखाएर कार्यालय जान पाउनेछन् । 
यसअघि भने राष्ट्र बैंकले जारी गरेको पास बोकेर मात्रै बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालय जान आउन पाउँथे । तर पछिल्लो २ दिनदेखि परिचयपत्र बोकेर हिँड्ने कर्मचारीहरुलाई पनि प्रहरीले छाड्न थालेको छ ।

यसो त आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि उपत्यकाका लागि जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने जनाएको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जनाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: