×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा आइसोलेसनबाट एक संक्रमित भागे, खोजी कार्य जारी

PRIME CA

बाँकेमा आइसोलेसनबाट एक संक्रमित भागे, खोजी कार्य जारी

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

Banke
  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ । जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन् । जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो । आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए । 
आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए । प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन । भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ।
यसैबीच, जानकी गाउँपालिका-१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ । सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो । सयममै एम्बुलेन्स नआएपछि मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए । सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए । 
सर्पले टोकेका युवा अस्पतालबाट निको भएर दिउँसो घर फर्किएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । सर्पले टोक्न थालेपछि क्वारेन्टाइन बसेका स्थानीयले घरजान पाउनुपर्ने भन्दै राति विरोध प्रदर्शन गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: