
बाँके । बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो । गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड-१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकास पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।
यसैगरी विपन्न परिवारका महिलालाई उच्च अध्ययनमा सघाउन छोरीबुहारी छात्रवृत्ति कार्यक्रम, नयाँ जन्मिने हरेक छोरीको बीमा गर्ने, आफ्ना बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालय र गाउँपालिकाबाट दिइने सेवा प्रवाहबाट वञ्चित गर्ने, गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, लोकसेवा आयोग तयारी कक्षाको व्यवस्था गर्ने, कृषि पकेट क्षेत्र घोषणा गरिने, कृषकलाई बगर खेतीका लागि प्रोत्साहन गर्ने, नश्ल सुधार कार्यक्रमअन्तर्गत कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्याबको व्यवस्था गर्ने, युवा कृषकको गाउँपालिकास्तरीय सञ्जाल बनाई अनुदान तथा सहयोगको व्यवस्था गर्ने विषय पनि कार्यक्रमभित्र समेटिएका छन् ।
गाउँसभा बैठकमा मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्द्वारा आज छलफल गरी पारित गरिने अध्यक्ष शाहले बताए। अध्यक्ष शाहका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममा लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरवृद्धि गरी आँखा उपचारसहितको सेवा विस्तार गर्ने, सरसफाइमा वडा तथा बस्तीबीच प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, विद्यालयमा प्रविधिमैत्री शिक्षण तथा भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने, विद्यालयमा कक्षा छाड्ने दर घटाई टिकाउदरमा सुधार गर्ने तथा छात्रा सहभागितामा वृद्धि गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
यसका साथै गाउँपालिकामा एफएम रेडियो सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने, नरैनापुर–अगैया सडक शीघ्र निर्माणका लागि संघीय, प्रदेश नं ५ सरकार तथा राप्तीसोनारी गाउँपालिकासंँग समन्वय गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने, हुलाकी सडकदेखि वडा कार्यालयसम्म पक्की सडकले जोड्नेलगायत बुँदा पनि नीति तथा कार्यक्रममा राखिएका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्