- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेका २९ जनाले कोरोनालाई जितेर घर फर्किँदै छन् । मंगलबार सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या ९७ पुगेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नरैनापुरका २२ जना कोहलपुर नगरपालिकाको पिपरीस्थित कृषि विकास बैंकको तालिम कक्षको आइसोलेसन सेन्टरमा थिए भने राप्ती सोनारीका ७ जना स्थानीय आइसोलेसन सेन्टरमा थिए । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना संक्रमित भेटिएका थिए। बाँकेमा हालसम्म २ सय ७९ जनामा कोरोना संक्रमित भइसकेका छन् भने एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्