
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेमा हालसम्म ६९ जना कोरोना सङ्क्रमित व्यक्ति निको भएका छन् । सोमबार मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । जससँगै कोरोना जित्नेको संख्या ६९ पुगेको हो ।
जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट १२ र कोरोना आइसोलेशन अस्पताल बेलझुण्डी दाङबाट छ जना निको भई घर फर्किएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्