Skip to content
LAXMI SUNRISE BANK

बाँकेमा हालसम्म ६९ जना कोरोना संक्रमित निको भए, खुसी हुँदै घर फर्किए !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेमा हालसम्म ६९ जना कोरोना सङ्क्रमित व्यक्ति निको भएका छन् । सोमबार मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । जससँगै कोरोना जित्नेको संख्या  ६९ पुगेको हो ।
जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन् । 
खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट १२ र कोरोना आइसोलेशन अस्पताल बेलझुण्डी दाङबाट छ जना निको भई घर फर्किएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK