- अर्थ सरोकार सम्बाददाता
बाँके। बाँकेमा आइसोलेसनबाटै एक जना कोरोना संक्रमित फरार भएका छन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बस्दै नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षीय एक कोरोना संक्रमित सोमबार राति फरार भएको प्रहरीले जनाएको छ ।
४१ जना संक्रमित राखिएको उक्त आइसोलेसनबाट सोमबार राति ती संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए । जेष्ठ ९ गते क्वारेन्टाइनमा राखिएका ती युवाको कोरोना परीक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो ।
संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरी उनको तीब्र रुपमा खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्