×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण प्रवाह हुन नसकेपछि बैंकिङ प्रणालीमा थुप्रियो १ खर्ब बढी लगानीयोग्य रकम, अन्तरबैंक ब्याजदर ०.४ प्रतिशत मात्रै !

PRIME CA

ऋण प्रवाह हुन नसकेपछि बैंकिङ प्रणालीमा थुप्रियो १ खर्ब बढी लगानीयोग्य रकम, अन्तरबैंक ब्याजदर ०.४ प्रतिशत मात्रै !

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  लकडाउनका बेला निरन्तर निक्षेप बढेपछि बैंकिङ प्रणलीमा लगानी योग्य रकमको वृद्धि भएको छ । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेपछि तरलता अर्थात् लगानी योग्य रकम बढेको हो । 
आज (बुधबार)सम्ममा बैंकिङ प्रणलीमा १०० अर्ब भन्दा बढी तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । यो रकम असारको पहिलो साता एक खर्ब हाराहारीमा पुगेको थियो । गत जेठ २७ गतेसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब रुपैयाँ लगानी योग्य रकम थियो । यता लगानी योग्य रकमको वृद्धिसंगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार आज (बुधबार) अन्तरबैंक ब्याजदर ०.४ प्रतिशत रहेको छ । बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम बढेपछि बैंकहरुले निक्षेपमा दिने ब्याजदर पनि केही घटाएका छन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: