
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा उपचारत एक बालिकामा कोरोना संक्रमण पुष्टी भएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेकी १४ वर्षीया बालिकाको शल्यक्रियाको तयारीका लागि गरिएको परीक्षणका क्रममा शनिवार राती कोरोना संक्रमण पुष्टी भएको हो ।
बालिकालाई राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । वीरमा जेठ २७ गते लिइएको स्वाबको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो । कोरोनाको पिसिआर परीक्षण नेगेटिभ आएपछि ती बालिकालाई गत असार ११ गते भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो ।
भक्तपुरमा पनि शल्यक्रियाको तयारीस्वरुप पुनः स्वाब परीक्षणका लागि नमुना संकलन गरी पाटन अस्पताल पठाएको थियो । त्यही नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्