
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा उपचाररत पर्सा र बाराका १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् । दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् ।
लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका ३ जना र बाराका २ जना डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए । बाराका दुवै नेपाली सेनाका सैनिक हुन् । उता बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित उपचाररत छन् । कलैयाको आइसोलेसन खाली नभएका कारण ७ जनालाई हाल आदर्श कोतवालमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्